• १२ असार २०८१, बुधबार

हुम्लाका नवनिर्वाचित गाउँपालिकाका अध्यक्षहरुलाई शपथ

blog

राजन रावत

हुुम्ला, जेठ ६ गते । सातमध्ये छ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ । उहाँहरुलाई मुुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश जगतबहादुुर पौडेलले शपथ खुवाउनुुभयो ।  

मुुख्य निर्वाचन अधिकृत पौडेलले नवनिर्वाचित सातवटा गाउँपालिकाका अध्यक्षमध्ये छ जनाको पद तथा गोपनीयताको शपथ खुवाउने कार्य सम्पन्न भएको बताउनुुभयो । शुक्रबार शपथ लिनुुहुने अध्यक्षमा नाँम्खा गाउँपालिकाका प्रेम लामा, सिमकोट गाउँपालिकाका बिजय भण्डारी, खार्पुनाथका कर्णबहादुुर रावल, सर्केगार्डका ठानबहादुुर रोकाया, अदानचुुलीका मोहनबिक्रम सिंह र ताँजाकोटका लालकेश जैसी रहनुुभएको  छ । 

निर्वाचित अध्यक्षहरुलाई प्रमाणपत्र समेत मुख्य निर्वाचन अधिकृत पौडेलले प्रदान गर्नुभयो । सो कार्य भएपछि औपचारिक रुपमा निर्वाचित अध्यक्षहरुको पदवहाली भएको छ । सो कार्यक्रममा निर्वाचित अध्यक्षहरुको तर्फबाट खार्पुनाथ गाउँपालिकाका अध्यक्ष रावलले अब नयाँ जिम्मेवारी काँधमा आएको र जनताको पक्षमा काम गर्ने प्रतबद्धता ब्यक्त गर्नुभयो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सीता परियार, संबिधान सभाका सदस्य रीता शाही, सुुरक्षा निकायका प्रमुख, नाम्खा र खार्पुनाथ गाउँपालिकाका निर्वाचन अधिकृत लगायतको उपस्थिति रहेको थियो । बिहीबार राती मात्र मतगणनाको परिणाम सार्वजनिक भएको चङ्खेली गाउँपालिकाका निर्वाचित अध्यक्ष प्यारीलाल शाही भने मौसम बिग्रेको र हेलिकोप्टरका लागि इन्धन नभएको कारण उडान नभएपछि कार्यक्रममा उपस्थित हुन सक्नुु भएन । 

उहाँ बिहान हेलिकोप्टरबाट सिमकोट आउने कार्यक्रम थियो । यसैबीच पद तथा गोपनीताको शपथ लिएपछि सिमकोट गाउँपालिकाका अध्यक्ष भण्डारीले पनि गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र अन्य सदस्यलाई शपथ खुवाउनुुभयो ।