• १० पुस २०८१, बुधबार

सरकार र राष्ट्र बैंकले समन्वय गरेर निर्माण कम्पनीलाई भुक्तानि गर्नुपर्छः अध्यक्ष सिंह

blog

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह

काठमाडौं, मङ्सिर २९ गते । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकार र राष्ट्र बैंकले समन्वय गरेर निर्माण कम्पनीलाई भुक्तानिको व्यवस्था गर्न माग गर्नुभएको छ ।

शनिबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघको १५ औं साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मङ्सिरपछि ९० प्रतिशतभन्दा बढी निर्माण व्यवसायीहरु धराशायी हुने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘मैले अर्थमन्त्रीलाई निर्माण व्यवसायीहरुलाई मंसिरसम्म ऋण तिर्ने भाकामात्रै सारिदिनुभयो तर त्यसले हामी निर्माण क्षेत्रलाई अघि बढाउन सकेनौँ भनेको छु । किस्ता नतिरेका कारण हामीले थप कारोबार गर्न पाएनौँ । हामीले सहज कारोबार गर्न त एलसीहरु सहज रुपमा खोलिनु पर्दथ्यो । मंसिरपछि निर्माण क्षेत्रलाई धराशायी गर्न खोजेको हो ? मङ्सिरपछि ९० प्रतिशतभन्दा बढी निर्माण व्यवसायीहरु डिफल्ट हुन्छन् ।’’

उहाँले सरकारले त्यो अगाडि नै राष्ट्र बैंकसँग समन्वय गरेर समस्या समाधान गर्न माग गर्नुभयो । उहाँले म्याद थप गरेर मात्रै निर्माण व्यवसायीहरुका समस्या समाधान नहुने भन्दै मुलुकको अर्थतन्त्र सहज र चलायमान बनाउनका लागि सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।

‘‘निर्माण क्षेत्रमा जुन सकस छ, धराशायी हुने काम भइरहेको छ । हिजोको दिनमा मौद्रिक नीति ल्याउँदै गर्दा राष्ट्र बैंकले के कति कारणले निर्माण क्षेत्र समस्याग्रस्त छ, यसलाई सम्बोधन गर्न हामीले माग गरेका थियौँ, असोजसम्म ब्याज तिर्ने समय र किस्ता तिर्ने समय प्रदान गर्नुप¥यो भनेर माग गर्दैगर्दा राष्ट्र बैंकले सरकारसँग समन्वय गरेर उहाँहरुले थप दुई महिना मङ्सिरसम्मको समय दिनुभयो ।,’’ उहाँले भन्नुभयो, ‘‘त्यसपछि उहाँहरुको दायित्व के हो ? त्यो म्याद थप गरेर मात्रै हामीलाई सहज हुन्छ र ? मुलुककको अर्थतन्त्र सहज हुन्छ र ? हामीले राष्ट्र बैंकले दिएको त्यो सुविधाबाट बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो ब्यालेन्ससिटलाई सहज बनाउने काम त भएको छ तर मुलुकको अर्थतन्त्र चलायमान गर्ने काम, मुलुकको निर्माण क्षेत्र, उद्योगलाई चलायमान गर्ने काम पटक्कै पनि भएको छैन ।’’

मुलुकको निर्माण क्षेत्र, उद्योगलाई चलायमान गर्ने काम सरकारबाट हुन नसकेको आरोप लगाउनुभयो । उहाँले किस्ता नतिरेका कारण बैंकबाट थप कारोबार गर्न नपाएकाले एलसीहरु सहज खोलिदिन माग गर्नुभयो ।

उहाँले साढे ६ खर्बका स्रोत बिनाका योजनालाई पुनः प्राथमीकिकरण गरेर र एक खर्बभित्रमा उक्त योजनाहरु समायोजन नगरेसम्म नेपालमा विकास निर्माणको काम चलायमान हुन नसक्ने जिकिर गर्नुभयो ।