• २७ मंसिर २०८१, बिहिबार

काठमाडौँले जनकपुरलाई दियो १०२ रनको लक्ष्य

blog

फाइल तस्बिर ।

काठमाडौँ, मङ्सिर २७ गते । काठमाडौँ गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि जनकपुर बोल्ट्सलाई एक सय दुई रनको सामान्य लक्ष्य दिएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले १९.३ ओभरका सबै विकेटको क्षतिमा एक सय एक रन बनायो । काठमाडौँका लागि जेराल्ड इरसमसले सर्वाधिक २० रन बनाउनुभयो । कप्तान करण केसीले १९ र स्टेफन स्किनजीले १७ रन बनाउनुभयो ।

काठमाडौँलाई सस्तैमा समेट्न जनकपुरका ललित राजवंशी र शेर मल्लले तीन तीन विकेट लिनुभयो । मोहमद मोसिमले दुई तथा किशोर महतो र अरनिको यादवले एक एक विकेट झार्नुभयो ।