गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २७ गते । युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा कमल गौतम नियुक्त हुनुभएको छ ।
बुधबार बसेको सञ्चालक समितिको बैठकले उहाँलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको कम्पनीले जनाएको छ । नवनियुक्त सिइओ गौतमसँग ३३ वर्ष भन्दा बढी विभिन्न बैङ्क तथा वित्तीय संस्थामा काम गरेको अनुभव छ । गौतम यसअघि इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैङ्क र एभरेस्ट इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुनुभएको थियो ।