• २७ मंसिर २०८१, बिहिबार

शिक्षकलाई तालिममा हतारो कक्षा शिक्षणमा छैन उपयोग

blog

कक्षा शिक्षणका लागि शिक्षकहरू दैनिक पाठ्ययोजना बनाउँदै । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

जनकपुर, मङ्सिर २७ गते । कक्षा शिक्षण सिकाइलाई प्रभावकारी बनाउन दैनिक पाठ्ययोजना व्यवहारमा ल्याउनुपर्नेमा कमै मात्र प्रयोग भइरहेको छ । कक्षा शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन बेलाबखतमा सामुदायिक विद्यालयका शिक्षकलाई विषयवस्तु अनुसार तालिम प्रदान गरिँदै आएकोमा तालिमबाट प्राप्त ज्ञान,सिप र कलालाई कक्षा शिक्षणमा प्रयोग भने न्यून देखिएको हो । 

धनुषाका केही सामुदायिक विद्यालयका शिक्षकले कक्षाकोठामा दैनिक पाठ्ययोजना अनुसार अध्यापन गर्न तालिम लिएका छन् । सो तालिममा सिकेका सिप अनुसार शिक्षण सिकाइ व्यवहारमा उतार्र्ने प्रतिबद्धता व्यक्त गरेको पाइन्छ । धनुषा जिल्लाको कमला र सहिद नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकले दैनिक पाठ्ययोजना बनाएर कक्षाकोठामा अध्यापन गर्न थालेको पाइएको छ । कमलाका छ र सहिद नगरपालिकाका आठ गरी १४ वटा सामुदायिक विद्यालयमा शिक्षकले दैनिक पाठ्ययोजना बनाएर कक्षा शिक्षण गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

विद्यालयका प्रधानाध्याकले दैनिक 

पाठ्ययोजनाको महìव थाहा पाएपछि यसको प्रयोगलाई अगाडि बढाइएको कमला नगरपालिका–१, दुबरकोटस्थित जनता आधारभूत विद्यालयका प्रधानाध्यापक राजदेव मण्डलले बताउनुभयो । उहाँले २०६१ सालमा पहाडी जिल्लाबाट सरुवा भएर आउँदा परम्परागत शैलीमै शिक्षण भइरहेको थियो । अहिलेसम्म तीन जना प्रधानाध्यापकलाई कक्षा शिक्षणमा दैनिक पाठ्ययोजना तथा शैक्षिक सामग्रीको प्रयोग गराउन भने पनि बेवास्ता गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

“पाठ्ययोजना बनाउन शिक्षक निर्देशिका, पाठ्याक्रम, पाठ्यपुस्तकसहित शैक्षिक सामग्री भएका पाँच वटा बाक्सा कहिलै खुलेको देखिएन,” उहाँले भन्नुभयो, “ती सबै बाक्साभित्रका शैक्षिक सामग्री कुहिएर, धमिराले खाएर नष्ट भइसकेका छन् ।” विभिन्न सङ्घ संस्थाबाट पाएका घडी, रेडियो जस्ता अतिरिक्त व्रिmयाकलापमा प्रयोग गरिने सामग्री विद्यालयमा नदेखिएको प्रअ मण्डलले बताउनुभयो । 

आफू हालसालै प्रधानाध्यापकको जिम्मेवारीमा आएदेखि आसमान नेपालबाट प्राप्त खेलकुद, शैक्षिक सामग्री, अतिरिक्त व्रिmयाकलापका सामग्रीसहितको बाक्सा दैनिक रूपमा प्रयोगमा ल्याएको जानकारी दिनुभयो । विद्यालयमा बाल विकास कक्षादेखि माथिका सबै कक्षामा शिक्षकले दैनिक पाठ्ययोजना बनाएर सोही अनुसार शैक्षिक सामग्री प्रयोग गर्न लगाएको सहिद नगरपालिका–४, ननुपट्टीस्थित राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक उमेशनारायण मण्डलले बताउनुभयो । 

उहाँले यसै साता आसमान नेपालले प्लान इन्टरनेसनलको सहयोगमा प्रधानाध्यापकलाई प्रारम्भिक सिकाइसम्बन्धी दिएको तीनदिने अभिमुखीकरण तालिमबाट दैनिक पाठ्ययोजना, शैक्षिक सामग्री प्रयोगले कक्षा शिक्षणको प्रभावकारिताबारे सघन रूपमा थाहा पाएकाले यसलाई प्रयोगमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पाठ्ययोजनाका पाँच वटा अङ्गले समग्र कक्षा शिक्षणलाई प्रभावकारी बनाउने गरेको भन्दै राष्ट्रिय प्राथमिक विद्यालय सराबेका प्रधानाध्यापक प्रतोषकुमार मिश्रले एकीकृत पाठ्याक्रम अनुसार दैनिक पाठ्ययोजना बनाएर अध्यापन कार्य सुरुवात गरिएको बताउनुभयो । विद्यालय सुधारमा प्रधानाध्यापकको भूमिका अति नै महìवपूर्ण रहेकाले विद्यालयको प्रभावकारी शिक्षण नै विद्यालयको पहिचान रहेको भन्दै उहाँले भन्नुभयो, “पाठ्ययोजना र शैक्षिक सामग्रीबिनाको कक्षा शिक्षण कार्य निष्प्रभावी हुन्छ ।”