काठमाडौँ, मङ्सिर २६ गते । काठमाडौँ गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि लुम्बिनी लायन्सलाई एक सय चार रनको सामान्य लक्ष्य दिएको छ ।
त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा काठमाडौँले १९.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय तीन रन बनायो । काठमाडौँका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाउनुभयो ।
डन डथवेटले २१, प्रतीक श्रेष्ठले २० र स्टेफ स्किन्जीले रन बनाउनुभयो । बलिङमा लुम्बिनीका साद विन जफरले तीन विकेट लिनुभयो । यस्तै अविशेष गौतम र रामोन सिमोन्डले दुई दुई तथा सूर्य तामाङ र विवेक यादवले एक एक विकेट लिनुभयो ।