गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २६ गते । साहित्यिक पत्रकार सङ्घले दुई सर्जकलाई सम्मान गरेको छ । ‘साहित्यिक पत्रकार सङ्घ स्वर्ण महोत्सव सम्मान, २०८०’ बाट साहित्यकार मोहन सिटौलालाई तथा ‘व्यथित काव्य डायस्पोरा सम्मान, २०८१’ बाट कवि सुरेन उप्रेतीलाई सम्मान गरिएको हो ।
सङ्घद्वारा मङ्गलबार आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष राधेश्याम लेकालीले सङ्घ २०२९ सालमा स्थापना भएको बताउनुहुँदै २०३७ सालमा साहित्यकार बिपी कोइरालालाई समेत सम्मान गरेको बताउनुभयो । लेकालीले अमेरिका बस्ने सिटौला र क्यानडा बस्ने उप्रेती नेपाल आएको मौका पारेर सम्मान प्रदान गरेको जानकारी दिनुभयो । कार्यक्रममा प्राडा सुरेन्द्र केसी, नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ बाबा बस्नेतलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।