काठमाडौँ, मङ्सिर २५ गते । एन्फा महिला सुपर लिग फुटबल पुसमा हुने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र सुपर लिग खेल्ने पाँच टोलीका प्रतिनिधिबिच मङ्गलबार बसेको बैठकले सुपर लिग पुस १८ देखि माघ १६ गतेसम्म गर्ने निर्णय भएको एन्फाले जनाएको छ ।
यसअघि लिगको शीर्ष पाँचमा रहेका टोलीमध्ये पाँचौँ स्थानको कोशी प्रदेशले आर्थिक अभाव देखाउँदै सुपर लिग नखेल्ने निर्णय गरेकोले छैटौँ स्थानको बागमती यूथ क्लबलाई मौका दिइएको छ ।
सुपरलिगमा अब बागमतीसहित शीर्षस्थानको एपिएफ, दोस्रो त्रिभुवन आर्मी फुटबल क्लब, तेस्रो नेपाल पुलिस क्लब र चौथो वालिङ नगरपालिकाबिच प्रतिस्पर्धा हुनेछ ।