• ८ पुस २०८१, सोमबार

एरिका र सरुलाई युरो स्कुलको सम्मान

blog

सम्मानित करातेकी एरिका गुरुङ (बायाँ) र फुटबलकी सरु लिम्बू ।

काठमाडौँ, मङ्सिर २१ गते । युरो स्कुल, गोङ्गबुले कराते खेलाडी एरिका गुरुङ र राष्ट्रिय महिला फुटबल टोलीकी सरु लिम्बूलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

काठमाडौँ युरोले स्पोर्ट्स मिटको समापन कार्यक्रममा शुक्रबार दुवै खेलाडीलाई सम्मान गरिएको हो । खेलाडीद्वयलाई युरोका अध्यक्ष प्रमोद पाण्डेलगायतले सम्मान गर्नुभयो ।

एरिका र सरुले युरोका विभिन्न खेलमा पदक जित्न सफल खेलाडीलाई पुरस्कृत गर्नुभएको थियो । स्पोर्ट्स मिटमा फुटबल, बास्केटबल, एथलेटिक्स, कबड्डी र विभिन्न परम्परागत खेलमा प्रतिस्पर्धा भएको थियो ।