गुणबहादुर रोका
सुलीकोट, मङ्सिर २० गते । नाबालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पालुङटार नगरपालिका – ४ स्थायी घर भएका ५५ वर्षीय धनबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुबेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मङ्सिर १७ गते बिहान ५ः४० बजे नाबालिकालाई घरमै एक्लै सुतिरहेकोे अवस्थामा जबरजस्ती बलात्कार गरेको आरोपमा पीडित नाबालिकाको आमाले जाहेरी दरखस्त आधारमा बलात्कारी आरोपी सुनारलाई बुधबार पालुङटारमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
पक्राउ परेलगत्तै सुनारलाई जबरजस्ती करणी उद्योग कसुर शीर्षकमा बुधबार मुद्दा दत्र्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थप गरी घट्नाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।