• १२ पुस २०८१, शुक्रबार

लेबनानमा भएको इजरायली हमलामा नौ जनाको मृत्यु

blog

बेरुत (लेबनान), मङ्सिर १८ गते । दक्षिणी लेबनानका गाउँहरूमा सोमबार भएको इजरायली आक्रमणमा नौ जनाको मृत्यु भएको छ । इजरायलले युद्धविरामकै समयमा आतङ्कवादी समूहले दाबी गरेको आक्रमणको बदलामा दर्जनौँ हिजबुल्लाह लक्षित आक्रमण गरिरहेको बताएको छ ।

इजरायल र हिजबुल्लाहले सोमबार लेबनानमा हजारौँ मानिसहरूको नरसंहार र सीमामा ठुलो विस्थापन निम्त्याएको छ भने युद्धको अन्त्य गर्न बुधबार देखि लागु भएको युद्धविराम उल्लङ्घनको आरोपको सामना गर्नुपरेको छ । इजरायली सेनाले विज्ञप्ति मार्फत लेबनानमा दर्जनौँ पूर्वाधार लक्षित आक्रमण गरेको जनाएको छ । 

यसै गरी इजरायलले लेबनानमा सम्बन्धित पक्षहरूले जिम्मेवारी पूरा गर्न र हिजबुल्लाहको  गतिविधिलाई रोक्न माग गरेको विज्ञप्तिमा उल्लेख छ । लेबनानको स्वास्थ्य मन्त्रालयले ह्यारिस गाउँमा  भएको आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएको तथा तल्लुस गाउँमा चार जनाको मृत्यु भएको र एक जना घाइते भएको जनाएको छ । 

यसअघि, हिजबुल्लाहले इजरायल र लेबनानको सीमा क्षेत्रको विवादित भागमा रहेको “कफर शौबाको पाहाडमा इजरायल लक्षित आक्रमण गरेको जनाएको थियो । इजरायली सेनाले हिज्बुल्लाहले विवादित शेबा क्षेत्रमा रहेको आफ्नो चौकी तिर दुई वटा क्षेप्यास्त्र प्रहार गरेको बताएको छ 

आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहलाई युद्धविराम उल्लङ्घनको आरोप लगाउँदै जवाफ दिने वाचा गर्नु भएको छ भने इजरायली रक्षामन्त्री इजरायल काट्जले पनि कडा प्रतिक्रिया दिने वाचा गर्नु भएको छ । त्यसको केही समयपछि, इजरायली सेनाले लेबनानका लक्ष्यहरूमा आक्रमण गरिरहेको जनाएको थियो । लेबनानको राष्ट्रिय समाचार एजेन्सीले इजरायलसँगको सीमाबाट करिब २० किलोमिटर टाढाका क्षेत्रहरूमा आक्रमण भएको रिपोर्ट गरेको छ । रासस/एएफपी