• २४ पुस २०८१, बुधबार

'अग्रजको सम्मान गर्दै लोकतन्त्रको विकासमा लागौं'

blog

वसन्त पराजुली

नारायणगढ, मङ्सिर १२ गते । नेपाली कांग्रेसका नेता एवं साविक शक्तिखोर गाउँ विकास समितिका संस्थापक अध्यक्ष बलवहादुर श्रेष्ठको १२ आैं स्मृति सभा बुधवार शक्तिखोरमा सम्पन्न भएकाे छ।

आफ्नो जीवनकालमा चितवनको पहाडी क्षेत्रको विकासमा अविछिन्न लागि रहनुभएका समाजसेवी श्रेष्ठको स्मृतिमा आयोजित सो सभामा बोल्दै स्वास्थ्य  मन्त्री प्रदिप पौडेलले बलवहादुर श्रेष्ठ जस्ता अग्रजहरुको योगदानबाट प्राप्त लोकतन्त्रको संस्थागत विकास गराउने दायित्व युवाहरुमा आएको बताउनुभयो ।

"बलवहादुर जस्ता अग्रजहरुको सम्मान गर्दै लोकतन्त्रको विकासमा लागौं," उहाँले भन्नुभयो । स्व बलवहादुर श्रेष्ठले स्थापना गर्नुभएको स्वास्थ्य चौकीलाई स्तर उन्नति गर्ने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

"शैयाका आधारमा हैन सेवाका आधारमा स्वास्थ्य केन्द्रहरुको स्तर वृद्धि गर्न जरुरी छ । शक्तिखोर स्वास्थ्य केन्द्रलाई वर्थिङ सेन्टरका  रुपमा विकास गर्न सकिन्छ कि भन्ने विषयमा सरकारले अध्ययन गरि रहेको छ," उहाँले भन्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले स्व. बलवहादुर श्रेष्ठले चेपाङहरुको शिक्षा, स्वास्थ्यमा ठूलो सहयोग पुगेको बताउनुभयो । "यदि बलवहादुर जीहरु हुनुहुन्थेन भने अहिले चेपाङ प्रजा हुने थिएनन । उनिहरुको आर्थिक, सामाजिक, स्वास्थ र शिक्षामा पनि परिवर्तन हुने थिएन", उहाँले भन्नुभयो ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद अन्जनी श्रेष्ठले काँग्रेसलाई काँग्रेस बनाउन बलवहादुर जस्ता धेरैको वलिदानी रहेको बताउनुभयो ।

"अहिले देशमा लोकतन्त्र स्थापनामा वलिदानी दिने अग्रजहरुको सम्झना नियमित भैरहनुपर्छ", उहाँले भन्नुभयो ।

कार्यक्रममा स्व. बलवहादुरका छोरा नेपाली कांग्रेस चितवनमा पूर्व अध्यक्ष जीतनारारायण श्रेष्ठले आफ्ना बुबाले समाजसेवामा पुर्याउनु भएको योगदानको चर्चा गर्नुभएको थियो । चितवनको पहाडी क्षेत्रको बस्ति विकास, स्वास्थ्य, शिक्षा लगायतको पूर्वाधारको विकासमा स्व. बलराम श्रेष्ठले पुर्याउनु भएको योगदानको कार्यक्रममा वक्ताहरुदे खुलेरै चर्चा गरेका थिए ।

कार्यक्रममा कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, पूर्व सभापति शेषनाथ अधिकारी, कृष्णलाल सापकोटा लगाएतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।