• २६ पुस २०८१, शुक्रबार

चौध वर्षपछि नयाँ पाठ्यक्रम

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १२ गते । पोखरा विश्वविद्यालयले १४ वर्षपछि व्यवस्थापन सङ्कायतर्फका स्नातक तथा स्नातकोत्तर तहका शैक्षिक कायक्रमको पाठ्यक्रम परिमार्जन गरेको छ । यी तह अन्तर्गतका सबै विषयका पाठ्यक्रम सन् २०१० देखि परिमार्जन भएको थिएन । विश्वविद्यालयले व्यवस्थापन सङ्काय अन्तर्गत स्नातक तहमा पढाइ हुने बिबिए, बिबिए (फाइनान्स), बिबिए (टिटी) तथा स्नातकोत्तर तह अन्तर्गत पढाइ हुने एमबिए, एमबिए (फाइनान्स) र एमबिए (ग्लोबल बिजनेस) विषयको पाठ्यक्रम परिमार्जन गरेको व्यवस्थापन सङ्काय अन्तर्गतका विषय समितिका अध्यक्ष प्राडा महानन्द चालिसेले बताउनुभयो । 

विद्यार्थीलाई पढाइ सकेपछि रोजगारीमा सहजै जान सक्ने बनाउन नयाँ पाठ्यक्रमले सहयोग पु¥याउने विश्वविद्यालयले अपेक्षा गरेको छ । नयाँ पाठ्यक्रमले विद्यार्थीलाई कक्षामा पढेको विषयलाई कार्यक्षेत्रमा गएर अनिवार्य रूपमा काम गर्नुपर्ने विषयलाई अनिवार्य बनाएको छ ।

साथै इन्टर्नसिपमा काम गर्न जाँदा स्वदेशी तथा विदेशी औद्योगिक प्रतिष्ठानमा गए पनि हुने र त्यसरी जाँदा क्याम्पसमा हाजिरी गर्नुपर्ने व्यवस्था अनिवार्य नरहेको विषय समितिका अध्यक्ष चालिसेले जानकारी दिनुभयो ।