• २५ पुस २०८१, बिहिबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

blog

काठमाडौं, मङ्सिर ११ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदरअनुसार सोमबारको तुलनामा अमेरिकी डलर, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, थाई भाट, हङ्कङ डलर र ओमानी रियालको मूल्य घटेको छ । त्यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, स्वीडिस क्रोनरको भने मूल्य बढेको छ । 

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपियाँ ५७ पैसा र बिक्रीदर एक सय ३५ रुपियाँ १७ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपियाँ ०८ पैसा र बिक्रीदर एक सय ४१ रुपियाँ ७१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६९ रुपियाँ २० पैसा र बिक्रीदर एक सय ६९ रुपियाँ ९६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपियाँ २२ पैसा र बिक्रीदर एक सय ५१ रुपियाँ ८९ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ५७ पैसा र बिक्रीदर ८७ रुपियाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ३५ पैसा र बिक्रीदर ९६ रुपियाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपियाँ ९२ पैसा र बिक्रीदर एक सय रुपियाँ ३७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपियाँ ७१ पैसा र बिक्रीदर आठ रुपियाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ५८ पैसा र बिक्रीदर १८ रुपियाँ ६६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपियाँ ८४ पैसा र बिक्रीदर ३६ रुपियाँ, कतारी रियाल एकको खरिददर ३६ रुपियाँ ९७ पैसा र बिक्रीदर ३७ रुपियाँ १३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपियाँ ८९ पैसा र बिक्रीदर तीन रुपियाँ ९१ पैसा, घटेको युएई दिराम एकको खरिददर ३६ रुपियाँ ६४ पैसा र बिक्रीदर ३६ रुपियाँ ८० पैसा, बढेको मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपियाँ २३ पैसा र बिक्रीदर ३० रुपियाँ ३६ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपियाँ ६० पैसा र बिक्रीदर नौ रुपियाँ ६४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपियाँ २५ पैसा र बिक्रीदर १२ रुपियाँ ३० पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपियाँ ९१ पैसा र बिक्रीदर १९ रुपियाँ तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ २९ पैसा र बिक्रीदर १७ रुपियाँ ३७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपियाँ २१ र बिक्रीदर चार सय ३९ रुपियाँ १६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपियाँ ९८ पैसा र बिक्रीदर तीन सय ५८ रुपियाँ ५७ पैसा तय भएको छ ।

यस्तै, ओमानी रियाल एकको खरिददर तीन सय ४९ रुपियाँ ५५ पैसा र बिक्रीदर तीन सय ५१ रुपियाँ १० पैसा तय भएको छ । भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेछ । रासस