• ११ मंसिर २०८१, मङ्गलबार

तामाङ भाषाको‘ए ङाला ह्राङ्बा माया’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ११ गते । तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । चलचित्रको शीर्ष गीत ‘एचएमएम मिडिया’ अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा बिछोड र वियोगलाई देखाइएको छ । हुत्त सञ्जय लामाको निर्देशन रहेको चलचित्रमा लोसाङ लामा र इकेश लामाको निर्माण, हुत्त सञ्जय लामाको पटकथा तथा अभिनय छ । चलचित्रमा हुत्त सञ्जय लामा, सुनिता लुङ्बा, तारा थोकर, हेमकुमार तितुङ, प्रज्मी बोम्जन, राजकुमार स्याङ्तान, सङ्गीता बोम्जनलगायतको अभिनय छ ।