• ७ मंसिर २०८१, शुक्रबार

करातेको एलिट प्रशिक्षक प्रशिक्षण शनिबारदेखि

blog

काठमाडौँ, मङ्सिर ६ गते । काठमाडौँ जिल्ला कराते महासङ्घको आयोजना तथा काठमाडौँ जिल्ला सितोरियो कराते सङ्घको संयोजनमा राष्ट्रिय इलिट कराते प्रशिक्षक प्रशिक्षण शनिबारदेखि हुने भएको छ ।

प्रशिक्षणमा करिब एक सय ५० प्रशिक्षकको सहभागिता रहने आयोजक महासङ्घका अध्यक्ष ज्ञानबहादुर जिम्वाले जानकारी दिनुभयो । 

सहभागीलाई करातेका मुख्य प्रशिक्षक दीपक श्रेष्ठ र करातेका पूर्व मुख्य प्रशिक्षक महेशकुमार श्रेष्ठले प्रशिक्षण दिनुहुनेछ । प्रशिक्षणमा काठमाडौँ जिल्ला सितोरियो कराते सङ्घका अध्यक्ष एवं शंखडोल कराते एकेडेमीका प्रमुख प्रशिक्षक शिवराम कारन्जितले सहयोग गर्नुहुनेछ । 

त्यस्तै सहभागीलाई सुलोचना सिजाख्वा र शिवराज भट्टले खुराक, स्पोर्ट्स साइकोलोजी र खेलकुद विज्ञान सम्बन्धी ज्ञान दिनुहुनेछ । तीनदिने प्रशिक्षण जोरपाटीस्थित शंखडोल कराते एकेडेमीमा हुनेछ ।