काठमाडौँ, मङ्सिर ४ गते । नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार राति सार्वजनिक गरेको तालिका अनुसार लिगको उद्घाटन खेलमा मङ्सिर १५ गते विराटनगर किङ्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुनेछ ।
आठ टोली सहभागी प्रतियोगितामा लिग चरणका खेल पुस १ गतेसम्म चल्नेछ । लिग चरणमा २८ खेल हुनेछन् । लिग चरणपछि एलिमिनेटेर, क्वालिफायर एक र दुई तथा पुस ६ गते फाइनल गरी कुल ३२ खेल हुनेछ ।
एनसेल ‘पावरड बाई’ प्रायोजक
एनपीएललाई एनसेलले ‘पावरड बाई’ प्रायोजकको रुपमा सहयोग गर्ने भएको छ । एनसेल र आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान) बिच ‘पावरड बाई’ प्रायोजनसम्बन्धी मङ्गलबार सम्झौता भएको हो ।
क्यानले एनपीएलको मुख्य प्रायोजकको रुपमा सिद्धार्थ बैंकलाई अनुबन्ध गरिसकेको छ । क्यानले एनपीएलको प्रतक्ष प्रसारणका लागि भारतीय कम्पनी स्टार स्पोर्ट्स नेटवर्कसँग सम्झौता गरिसकेको छ ।
सुदूरपश्चिम रोयल्सलाई एसपीए कलेजको साथ
यस्तै एनपीएल टोली सुदूर पश्चिमाञ्चल राेयल्सलाई एसपीए कलेजले प्रयोजन गर्ने भएको छ ।
प्रयोजनसम्बन्धी सम्झौतामा मङ्गलबार सुदूरपश्चिमको शिक्षा क्षेत्रमा अलग पहिचान बनाएको एसपीए कलेजका प्रबन्ध निर्देशक सुवास शाही र सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले हस्ताक्षर गर्नुभयो ।
एसपीए कलेजले सुदूरपश्चिम रोयल्ससँग एजुकेसन पार्टनरका रुपमा सहकार्य गर्ने गरी सम्झौता गरेको जनाएको छ । एनपिएलमा सुदूरपश्चिम रोयल्सको प्रशिक्षकमा जगत टमटा हुनुहुन्छ । यस्तै मार्की खेलाडीमा दीपेन्द्रसिंह ऐरी र मेन्टरमा अष्ट्रेलियाका ब्राड हज हुनुहुन्छ ।
एनपीएलको खेल तालिका :