• ९ मंसिर २०८१, आइतबार

विश्व शारीरिक सुगठनका पदक विजेता सम्मानित

blog

काठमाडौँ, मङ्सिर १ गते । काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिट्नेस सङ्घले १५औँ विश्व बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई सम्मान गरेको छ ।

माल्दिभ्समा कात्तिक २० गतेदेखि २५ गतेसम्म भएको प्रतियोगितामा नेपालले चार रजत पदक जितेको थियो । रुजेश शाहीले पुरुष ६० केजी, प्रज्ज्वलमान शाक्यले पुरुष मास्टर्स ४० वर्षमाथि, रजनी श्रेष्ठले महिला ५५ केजीमाथि र सनम मुलगुठीले महिला वान पिस स्विमसुटमा रजत जित्नुभएको थियो । 

काठमाडौँ जिल्ला शारीरिक सुगठनकै कोषाध्यक्ष भएकाले रुजेशलाई ३१ हजार रुपियाँसहित प्रशंसा पत्रबाट सम्मान गरियो । बाँकी पदक विजेता र सहभागी खेलाडी ललित धिमाल र रन्जित आचार्यलाई प्रशंसा पत्रबाट सम्मान गरिएको हो । 

विजेतालाई नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासङ्घघका प्रथम उपाध्यक्ष विजयलाल कायश्थ, सचिव दिनेश राजभण्डारी, नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधान, काठमाडौँ जिल्ला शारीरिक सुगठनका अध्यक्ष सुरेश सुवेदीलगायतले सम्मान गर्नुभयो ।