• ७ मंसिर २०८१, शुक्रबार

काइँला र अमात्य पुरस्कृत

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ३० गते । यस वर्षको ‘शम्भु–निर्मला विशिष्ट साधक सम्मान’ (साहित्यतर्फ) वरिष्ठ कवि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलालाई र ‘शम्भु–निर्मला विशिष्ट साधक सम्मान’ (गीतसङ्गीततर्फ) वरिष्ठ गायक ईश्वर अमात्यलाई प्रदान गरिएको छ ।  

प्रा. जगतप्रसाद उपाध्यायले सम्मानित व्यक्तित्वका बारेमा कृति, जीवनी र योगदानमाथि प्रकाश पार्नुभएको थियो । वैरागी काइँलाले साहित्यिक र साङ्गीतिक क्षेत्रलाई अमरत्व दिन शम्भु–निर्मला कला साहित्य समाज अझै सक्रिय रहन सकोस् भन्ने शुभकामना दिनुभयो । 

संस्थाका उपाध्यक्ष टीका भण्डारीले मिलनको गजल ‘पत्थरको मुटु बनाई तिमी अन्तै सरे पछि’ तथा सम्मानित साङ्गीतिक व्यक्तित्व ईश्वर अमात्यले ‘रित्तिएछन् नयन मेरा’ सुनाउनुभयो । संस्थाका संरक्षक निर्मला रेग्मीले आआफ्ना क्षेत्रका शिखर व्यक्तित्वहरूले सम्मान ग्रहण गरिदिनुभएकोमा संस्थाको उचाइ अझ बढेको बताउनुभयो ।  कार्यक्रममा प्रा. दिनेशराज पन्त, सुलोचना मानन्धर, प्राडा रामप्रसाद ज्ञवाली, प्राडा भागवत ढकाल, प्रा. मोहन सिटौला, डा. घनश्याम खतिवडा, प्रा. ठाकुर शर्मा, प्रतीक ढकाललगायतको उपस्थिति रहेको थियो ।