• ७ मंसिर २०८१, शुक्रबार

कर्णाली प्रतिष्ठानको दिक्षान्त समारोहको तयारी पूरा

blog

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतलाको प्रथम दिक्षान्त समारोहको तयारी । तस्बिरः नेत्र शाही

नेत्र शाही

जुम्ला, कात्तिक २७ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रथम दिक्षान्त समारोहको तयारी पूरा भएको छ । कात्तिक २८ गते  प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले उदघाटन गर्नुहुनेछ ।

समारोहको तयारी पूरा भएको प्रतिष्ठानका कुलपति डा. मंगल रावलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री ओलीले दिक्षान्त समारोहको उदघाटन गर्नुका साथै नवनिर्मित शैक्षिक भवनको उदघाटन गर्नुहुने कार्यक्रम तय भएको छ ।

प्रतिष्ठानका अनुसार सो कार्यक्रमका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल पनि जुम्ला आउने कार्यक्रम छ । दिक्षान्त समारोहका लागि ५८ जना विद्यार्थीलाई पनि बोलाइएको र प्रतिष्ठानका सिनेट सदस्यहरु समेत जुम्ला पुग्ने बताइएको छ । 

दिक्षान्त समारोहमा प्रतिष्ठानका संस्थापक संयोजक पूर्वमन्त्री नरेश भण्डारी र सहसंयोजक पूर्व राज्यमन्त्री बलबहादुर महत पनि जुम्ला पुगिसक्नु भएको छ । गत भदौ २३ गते प्रधानमन्त्रीको व्यवस्तताका कारण दिक्षान्त समारोह स्थगित भएको थियो ।