• १२ पुस २०८१, शुक्रबार

चार हजारले घट्यो सुनको मूल्य

blog

काठमाडौँ, कात्तिक २२ गते । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला चार हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार पाँच सय रुपियाँ निर्धारण गरेको छ ।

बुधबार प्रतितोला एक लाख ६८ हजार पाँच सय रुपियाँमा कारोबार भएको थियो ।

यसै गरी, आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपियाँले घटेको छ । बुधबार प्रतितोला २०१५ रुपियाँमा कारोबार भएको चाँदी आज १९६० रुपियाँ कायम गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी मूल्यमा आएको उच्च गिरावटले नेपालमा प्रभाव देखिएको हो । अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा दैनिक सुनचाँदीको मूल्य समायोजन हुँदै आएको छ ।