काठमाडौँ, कात्तिक १३ गते। जलवायुविज्ञ मञ्जित ढकाल वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीको अवैतनिक जलवायु विज्ञ सल्लाहकार नियुक्त हुनुभएको छ।
मन्त्रालयको नाम परिवर्तन गरी वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय राख्ने तयारीसँगै शाहीले जलवायु विज्ञ सल्लाहकार नियुक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ।
विगत दुई दशकदेखि यस क्षेत्रमा क्रियाशील ढकालले जलवायु परिवर्तनका बहुपक्षीय वार्तामा अतिकम विकसित राष्ट्रको जलवायुविज्ञ सल्लाहकार भई काम गरिसक्नुभएको छ।