• ८ मंसिर २०८१, शनिबार

करेन्ट लागेर मजदुरको मृत्यु

blog

सांकेतिक तस्बिर

अमरराज नहर्की

तनहुँ, कात्तिक ११  गते।  करेन्ट लागेर तनहुँमा एक मजदुरको मृत्यु भएको छ।  मुग्लिन–पोखरा सडकखण्ड विस्तार प्रसारण लाइन निर्माणमा काम गर्ने वर्ष १८ को सुवास चौधरीको आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ।  

जिल्ला प्रहरी कार्यालय अनुसार सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाका अनुसार धनगढी जिल्ला घर भएर एनन्यू फेसन् कन्स्ट्रक्सन सर्वे कम्पनी लिमिटेडका सर्वे हेल्पर रूपमा कार्यरत चौधरीको आइतबार बिहान १० बजे शुक्लागण्डकी–२ गाछेपानीमा करेन्ट लाग्दा घाइते हुनुभएको थियो।

खोलामा निर्माणाधीन पुलमुनि स्टाफ स्केलले तार नाप्ने क्रममा करेन्ट लाग्दा चौधरी घाइते हुनुभएको थियो। चौधरीको दुलेगौंडा स्थित तनहुँ सेवा अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।