• ७ मंसिर २०८१, शुक्रबार

अज्ञात समूहद्वारा यादवको हत्या

blog

बारा, कात्तिक ११ गते । अज्ञात समूहले बारामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या गरेको छ । 

महागढीमाई नगरपालिका–१ मा धारिलो हतियार प्रयोग  गरी स्थानीय ५५ वर्षीय नारायण यादवको आज हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिनुभयो । बटुवाले देखेपछि घटनाबारे प्रहरीलाई खबर गरेका थिए । 

गम्भीर घाइते यादवलाई प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल भर्ना गरेको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता सापकोटाले बताउनुभयो । यादवको हत्याबारे केही खुल्न नसकेको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।