• २६ पुस २०८१, शुक्रबार

बाँके कला केन्द्रको गठन

blog

नवगठित कला केन्द्रमा आबद्ध कलाकर्मी । तस्बिर : सिराज खान ।

सिराज खान 

नेपालगन्ज, कात्तिक १० गते। नेपालगन्जमा पहिलो पटक बाँके कला केन्द्र गठन भएको छ। नेपालगन्जको सरस्वती संगीतालयमा आयोजित कलाकर्मीको प्रथम भेलाले बाँके कला केन्द्र गठन गरेको हो। 

तदर्थ समितिको अध्यक्षमा गायक सुन्दर गुरुङ सर्वसम्मत चयन हुनुभएको छ। यस्तै कला केन्द्रको सदस्यमा कलकार जितबहादुर थापा, गणेश विष्ट, अनिता विक, ऋतु सिंह, अर्चना, मदन लामा, वीरेन्द्र यादव, भगतराम थारु, मिलन गुरुङ, जिनु हक, खगेन्द्र गौतम र नितेश विक सर्वसम्मत चयन हुनुभएको छ। 

१३ जनाको कमिटीको सल्लाहकारमा चर्चित गायक कमल विके निर्मोही, दमन कुमार श्रेष्ठ, राजकुमार सापकोटा, राकेश गुरुङसहित चार जना चयन हुनुभएको छ। 

कमिटीले छिट्टै संस्था दर्ता गरेर कलाकर्मीको हकहित र कलाकारको उत्पादन वृद्धि गर्न जोड दिने अध्यक्ष गुरुङले बताउनुभयो। कलाकर्मीको प्रथम भेलामा नृत्य निर्देशक नवराज सुवेदी, भरत महतो, अशोक कर्माचार्य, श्यामानन्द सिंह, जयनारायण शाह लगायत ५० बढी कलाकर्मीको सहभागिता रहेको थियो।