काठमाडौँ, कात्तिक १० गते । नेपालले एएफसी यु–१७ एसियन कप छनोटमा लगातार दोस्रो हार खेपेको छ ।
दोहास्थित एस्पायर एकेडेमी मैदानमा शुक्रबार राति भएको खेलमा नेपाल आयोजक कतारसँग ५–० गोलले पराजित भयो । सम्रह एफमा लगातार दोस्रो हारसँगै नेपालको छनोट सम्भावना कमजोर बनेको छ ।
नेपाल समूह चरणको पहिलो खेलमा साबिक विजेता जापानसँग ९–२ गोलले पराजित भएको थियो । दोस्रो जितसँगै कतारले समूहमा ६ अङ्क बनाएको छ ।
कतारले आफ्नो पहिलो खेलमा मङ्गोलियालाई २–० गोलले हराएको थियो । कमजोर देखिएको नेपालले आइतबार मङ्गोलियासँग अन्तिम खेल खेल्नेछ ।