• २१ पुस २०८१, आइतबार

सहादत प्राप्त गरेका प्रहरीका परिवारलाई सम्मान

blog

अमर प्रहरी परिवारलाई सम्मान गरिँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, असोज ३० गते ।
६९ औं प्रहरी दिवसका अवसरमा तनहुँमा विभिन्न कालखण्डमा सहादत प्राप्त गरेका प्रहरीका परिवारलाई सम्मान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले बुधबार आयोजना गरेको कार्यक्रममा कर्तव्य पालनका क्रममा दिवङ्गत भएका प्रहरीका परिवारलाई सम्मान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम र जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो । सो क्रममा २० जना अमर प्रहरीका परिवारलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सहभागी हुन आएका अमर प्रहरीका परिवारहरु निकै भावुक बनेका थिए । उनीहरुले आफ्नो आशु थाम्न सकेनन् । सम्मान गर्नु अघि अमर प्रहरी स्मारकमा पुष्प अर्पण गरिएको थियो । सोही कार्यक्रममा उत्कृष्ट कार्य गर्ने प्रहरीहरुलाई  नगद पुरस्कारले पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गौतमले, दुर्घटना न्यूनीकरण, विपद् व्यवस्थापन, शान्तिसुरक्षा कायम र अपराध नियन्त्रणमा प्रहरीको भूमिका उच्च रहँदै आएको बताउनुभयो ।

उहाँले समुदाय र प्रहरीको सहकार्यले मात्रै विकृति, विसङ्गति अन्त्य गर्न सकिने बताउनुभयो । अमर प्रहरी र पूर्व प्रहरीका परिवारले उनीहरुका सन्तानलाई प्रदान गरिने सेवा सुविधा काम भएको गुनासो गरेका थिए  ।

अमर प्रहरी परिवार पार्वती केसीले प्रहरीले अमर प्रहरी र पूर्व प्रहरीका सन्तानहरुलाई नेपाल प्रहरीले प्रदान गर्ने सेवासुविधा कम भएकाले थप्नुपर्ने बताउनुभयो  । उहाँले अमर परिवार सन्तानहरुले प्राप्त गर्दै आएको सेवा सुविधाहरुले नपुग्ने भन्दै थप्नुपर्ने माग राख्नुभयो । प्रहरीले शिक्षामा दिने छात्रवृत्तिले १८ वर्ष पुग्ने बेलासम्म मात्रै भएको तर उच्च शिक्षामा नपुग्ने भएकाले सो तहसम्म पनि छात्रवृत्ति दिइनेपर्ने उहाँको भनाइ थियो । स्वास्थमा पनि उपचारको व्यवस्था गरिनुपर्ने र पढेलेखेका अमर प्रहरीका सन्तानहरु रोजगारी नपाएर भौंतारिएको भन्दै योग्यता अनुसार रोजगारीको सुनिश्चित गर्न सकेमात्रै राहत दिएको ठहरिने केसीले बताउनुभयो ।