• ८ मंसिर २०८१, शनिबार

गुल्मी र प्युठानको सीमामा रहेको सुन्दर अग्लुङ्गफेदी

blog

गुल्मीको सुन्दर अग्लुङ्गफेदी बजार । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, असोज २७ गते। गुल्मीको मदाने गाउँपालिका वडा नम्बर १ मा अवस्थित अग्लुङ्गफेदी बजार गुल्मी र प्युठानको सिमानामा छ। अत्यन्तै सुन्दर देखिने यस बजार प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर १, २, ३ र गुल्मीको मदाने गाउँपालिका वडा नम्बर १ अग्लुङ्गका नागरिकको व्यापारिक केन्द्र हो।

यहाँबाट विगतका वर्षहरूमा बागलुङको बुर्तिबाङसम्म घोडा खच्चरहरूले दैनिक उपभोग्य सामानहरू ढुवानी गरेर लैजाने गर्थे। अग्लुङ्गफेदी बजार प्युठानको धार्मिकस्थल गौमुखीबाट आएको झिम्रुक खोला र अग्लुङ्ग खोलाको किनार नजिकै रहेको छ। नजिकबाट बग्ने दुवै खोलाका कारण बजार निकै सुन्दर देखिन्छ।