• ११ असोज २०८१, शुक्रबार

अमेरिकी डलर घट्दा युरोको मूल्य बढ्यो

blog

काठमाडौँ,  असोज १० गते । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलर र पाउण्ड स्ट्रलिङको मूल्य घटेको छ भने युरोको मूल्य बढेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपियाँ ५८ पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ  १८ पैसा थियो । आज अमेरिकी डलर एकको खरिददर रु. एक सय ३३ रुपियाँ  ४६ पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ  छ पैसा छ ।

आजको विनिमयदर अनुसार युरोपियन युरोको मूल्य बढेको छ । युरो आज एकको खरिददर एक सय ४९ रुपियाँ २७ पैसा र बिक्रीदर एक सय ४९ रुपियाँ ९४ पैसा कायम भएको छ । बुधबार नेपाली बजारमा युरो एकको खरिददर एक सय ४८ रुपियाँ  ६१ पैसा र बिक्रीदर एक सय ४९ रुपियाँ  २८ पैसा थियो ।

युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपियाँ ५२ पैसा र बिक्रीदर एक सय ७९ रुपियाँ ३२ पैसा रहेकामा आज घटेर खरिददर एक सय ७८ रुपियाँ  ४३ पैसा र बिक्रीदर एक सय ७९ रुपियाँ  २३ पैसा कायम भएको छ ।

यस्तै, आजका लागि अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ  ७२ पैसा र बिक्रीदर ९२ रुपियाँ  १३ पैसा तय भएको छ । बुधवार अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ ४४ पैसा र बिक्रीदर ९१ रुपियाँ ८५ पैसा थियो ।

स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपियाँ आठ पैसा र बिक्रीदर एक सय ५७ रुपियाँ ७८ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ३० पैसा र बिक्रीदर ९९ रुपियाँ  ७५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ  २४ पैसा र बिक्रीदर नौ रुपियाँ  २८ पैसा कायम हुँदा चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ  ९९ पैसा र बिक्रीदर १९ रुपियाँ  आठ पैसा छ । सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय चार रुपियाँ ३२ पैसा रहेको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपियाँ  ५७ पैसा र बिक्रीदर ३५ रुपियाँ  ७३ पैसा छ । यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपियाँ  ६१ पैसा र बिक्रीदर ३६ रुपियाँ  ७८ पैसा कायम भएको छ ।

आजको विनियमयदरअनुसार थाई भाट एकको खरिददर चार रुपियाँ आठ पैसा र बिक्रीदर चार रुपियाँ  १० पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३६ रुपियाँ  ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ  ३१ पैसा र बिक्रीदर ३२ रुपियाँ  ४५ पैसा रहेको छ ।

साउथ कोरियन वन एक सयको खरिददर १० रुपियाँ  दुई पैसा र बिक्रीदर १० रुपियाँ  छ पैसा छ । यसैगरी, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ  १९ पैसा र बिक्रीदर १३ रुपियाँ  ३५ पैसा तय हुँदा डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ  दुई पैसा र बिक्रीदर २० रुपैयाँ ११ पैसा छ । हङकङ डलर एकको खरिददर १७ रुपियाँ  १४ पैसा र बिक्रीदर १७ रुपैयाँ २२ पैसामा कारोबार हुनेछ ।

आजको विनिमयदरअनुसार कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपियाँ  २४ पैसा र बिक्रीदर चार सय २९ रुपियाँ  २१ पैसा तथा बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपियाँ  आठ पैसा र बिक्रीदर तीन सय ५७ रुपियाँ  ६७ पैसा कायम भएको छ । खुला बजारमा विदेशी मुद्राको विनिमयदर फरक हुनसक्ने राष्ट्र बैंकले जनाएको छ । रासस