शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौं, असोज ५ गते । येँया (इन्द्रजात्रा) को अन्तिम दिन महिलाबाट जीवित देव देवी गणेश भैरब तथा कुमारीको रथ तानेर मनाइरहेका छन् । पुरुष सहभागी जात्रालुहरुले मात्र तानिने रथजात्रा पछिल्लो केही वर्षदेखि येँया (इन्द्रजात्रा) को पछिल्लो दिन नानीचा याःको दिनमा महिलाले रथ तानिने दिन छुटयाएर जात्राको अन्तिम दिनमा रथ तान्ने चलन सुरु गरिएको हो ।
अन्तिम दिन वसन्तपुरदेखि प्याफल, यटखा, नरदेवी, किलागल, इन्द्रचोक, मखन, हनुमानढोका बाट रथ पुनः वसन्तपुर ल्याइन्छ । गत द्वादशीको दिन इन्द्रजोत्थान गरे पश्चात विधिवत रुपमा सुरु भएको यो जात्रा आज राति १०ः३१ को शुभसाइतमा इन्द्रध्वजोपात पछि बागमतीमा लगि सेलाएपछि सप्ताहव्यापी येँया (इन्द्रजात्रा) को समापन हुन्छ ।


















 
                                        
                                                    मनोजरत्न शाही
                                                
                                            
                                                                                            उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ । 
 
                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                