• ११ असोज २०८१, शुक्रबार

दुर्घटनामा दुई जनाको मृत्यु

blog

वसन्त पराजुली 

नारायणगढ, असोज ५ गते । भरतपुर महानगर वडा नम्बर २  नारायणगढको लिलाचोकमा  मोटर साइकल   अनियन्त्रित  भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सहिद चोकबाट पोखरा बसपार्क जाने क्रममा शनिबार बिहान  १:२० बजे  भएको सो दुर्घटनामा परी मृत्यु  हुनेमा  पूर्वी नवलपरासी  गैँडाकोटका ३६ वर्षीय रबिन थापा र लमजुङ दुध पोखरी गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय पूर्ण बहादुर गुरुङ रहेका  जिल्ला प्रहरी कार्यालय चितवनका  प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । 

प्रहरीका अनुसार  बा.प्र.०६-००२ प ३१४५ नम्बरको एन एस मोटर साइकल आफै अनियन्त्रित भई दुर्घटना हुन पुगेको हो । मोटर साइकल चालक थापा र उहाँ सँगै सवार गुरुङको  चितवन मेडिकल कलेजमा उपचार हुँदै गर्दा मृत्यु भएको हो ।