• ११ असोज २०८१, शुक्रबार

चट्याङ लागेर बागलुङमा एक जनाको मृत्यु

blog

साधन घर्ती 

म्याग्दी (दरबाङ), असोज ५ गते । बागलुङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला  प्रहरी कार्यालय बागलुङका अनुसार , शुक्रबार राती करिब आठ बजेको समयमा चट्याङ लागेर जिल्लाको निसीखोला गाउँपालिका–३,स्थित किटेनीकी २४ वर्षीय रजना बुढाको मृत्यु भएको हो । चट्याङ लागेर बुढाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

चट्याङले  बिजुलीको मिटर बक्स लगायत घरका विद्युतीय सामग्रीहरू जलेर पूर्ण रूपमा नष्ट भएका छन् । घरमै रहेका दुई वर्षीया छोरी र सासू सकुशल रहेका छन् । चट्याङबाट भएको क्षतिबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो ।

चट्याङका कारण स्थानीय छापाखानी गाउँमा विद्युत् सेवा अवरुद्ध भएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय झिँवाखोलाबाट १२ किलोमिटर दक्षिणमा पर्छ ।