• ११ असोज २०८१, शुक्रबार

माथिल्लो टोल थःने या सम्पन्न (फोटो फिचर)

blog

माथिल्लो टोलको जात्रा सम्पन्नपछि कुमारी घर लगिँदै जीवित देव श्री गणेश । तस्बिर : मनोजरत्न शाही

काठमाडौँ, असोज ३ गते । काठमाडौँमा जारी रहेको इन्द्रजात्रा येँया को चौथो दिन पूर्णिमाको दिन पनि रथजात्रा हर्षोल्लासका साथ मनाइयो । यो दिनमा नेवार समुदायले विशेष गरेर समयबजि खाने दिनको रूपमा लिने गरेको छ ।

थःने या (माथिल्लो टोलको जात्राको) रूपमा मनाइन्छ । यस दिन रथयात्रा वसन्तपुरबाट सुरु भएर यट्खा, नरदेवी, टेगंल, न्ह्योखा, असन, बालकुमारी, इन्द्रचोक, हनुमानढोका हुँदै पुन वसन्तपुर पुगेर सम्पन्न भएको हो ।

आगामी शनिबार भने जात्राको अन्तिम दिन नानीचा मनाइने छ भने सो दिन महिलाहरूले मात्र रथ तान्ने गरिएको छ । असोज ५ गते राति १०ः३१ बजे इन्द्रध्वजपातन गरेपछि इन्द्रजात्रा समाप्त हुन्छ ।



Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।