काठमाडौँ, भदौ २६ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंककानुसार मङ्गलबारको तुलनामा बुधबार अमेरिकी डलर, बेलायती स्टर्लिङ पाउण्ड, स्वीस फ्रयाङ्क, अस्ट्रेलियन डलर, सिङ्गापुर डलरको मूल्य बढेको छ ।
यस्तै, जापानी येन, साउदी अरेबियन रियाल, कतारी रियाल, मलेसियन रिङ्गेट, युएई दिराम, हङकङ डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा पनि वृद्धि भएको छ । यूरोको मूल्य भने घटेको छ ।
मङ्गलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपियाँ ०४ पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ ६४ पैसा रहेकामा आजका लागि खरिदर एक सय ३४ रुपियाँ ०७ पैसा र बिक्री दर एक सय ३४ रुपियाँ ६७ पैसा तोकिएको छ ।
मङ्गलबार युरोपियन यूरो एकको खरिददर एक सय ४७ रुपियाँ ९६ पैसा र बिक्रीदर एक सय ४८ रुपियाँ ६२ पैसा रहेकामा आजका लागि खरिददर एक सय ४७ रुपियाँ ९५ पैसा र बिक्री दर एक सय ४८ रुपियाँ ६२ पैसा तोकिएको छ ।
केन्द्रीय बैंककानुसार मङ्गलबार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपियाँ ३६ पैसा र बिक्रीदर एक सय ७६ रुपियाँ १४ पैसा रहेकामा आजका लागि खरिददर एक सय ७५ रुपियाँ ५८ पैसा र बिक्री दर एक सय ७६ रुपियाँ ३७ पैसा तोकिएको छ ।
स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपियाँ १७ पैसा र बिक्रीदर एक सय ५८ रुपियाँ ८७ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ४१ पैसा र बिक्रीदर ८९ रुपियाँ ८१ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ ८१ पैसा र बिक्रीदर ९९ रुपियाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपियाँ ७५ र बिक्रीदर एक सय तीन रुपियाँ २१ पैसा कायम भएको छ ।
जापानिज येन १० को आजका लागि खरिददर नौ रुपियाँ ३६ र बिक्रीदर नौ रुपियाँ ४१ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुरुपियाँ ८३ पैसा र बिक्रीदर १८ रुपियाँ ९२ पैसा कायम छ ।
राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपियाँ ७३ पैसा र बिक्रीदर ३५ रुपियाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपियाँ ७८ पैसा र बिक्रीदर ३६ रुपियाँ ९५ पैसा कायम भएको छ ।
थाई भाट एकको खरिददर तीन रुपियाँ ९७ पैसा र बिक्रीदर तीन रुपियाँ ९९ पैसा कायम छ । साथै युएई दिराम एकको खरिददर ३६ रुपियाँ ५० पैसा र बिक्रीदर ३६ रुपियाँ ६७ पैसा रहेको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ८७ पैसा र बिक्रीदर ३१ रुपियाँ ०१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपियाँ ९९ पैसा र बिक्रीदर १० रुपियाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ९४ पैसा र बिक्रीदर १३ रुपियाँ र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ८३ पैसा र बिक्रीदर १९ रुपियाँ ९२ पैसा छ ।
हङकङ डलर एकको खरिददर १७ रुपियाँ २० पैसा र बिक्रीदर १७ रुपियाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपियाँ ८७ पैसा र बिक्रीदर चार सय ४० रुपियाँ ८३ पैसा छभने बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपियाँ ७२ पैसा र बिक्रीदर तीन सय ५७ रुपियाँ ३१ पैसा कायम भएको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दरभने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस