तिलाचन पाण्डे
तम्घास, भदौ २५ गते । गुल्मी दरबार गाउँपालिकामा आज शोक बिदा दिइएको छ । गुल्मी दरबार गाउँपालिका ४ का वडा सदस्य अम्मरबहादुर सनानीको निधनमा आज शोक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेका अनुसार गाउँ कार्यपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय, शिक्षण संस्था र आकस्मिक बाहेकका स्वास्थ्य संस्थाहरुमा शोक बिदा दिइएको छ ।
सनानीको ५३ वर्षको उमेरमा भदौ २४ गते निधन भएको थियो ।