• २७ पुस २०८१, शनिबार

कान्तिपुर फर्मास्युटिकल्सले सेयर जारी गर्ने

blog

काठमाडौँ, भदौ १९ गते । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । सेयर निष्कासनको प्रक्रिया अघि बढाउन कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिसकेको छ । 

कम्पनीले जारी पुँजीको १४.८६ प्रतिशत अर्थात् ११ लाख  कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको जनाएको छ । 

सन् २०१८ मा स्थापित यस कम्पनीले औषधी व्यवस्था विभागबाट उत्पादन तथा बजारीकरणको दर्ता प्रमाणपत्र प्राप्त गरेर भेटेरिनरी सम्बन्धी औषधीको अनुसन्धान तथा आहारपूरक सप्लिमेन्ट्स उत्पादन गर्दै आएको उल्लेख गरेको छ । कम्पनीले अहिले १३ वटा औषधीको बिक्रीवितरण प्रमाणपत्र प्राप्त गरी नेपाली बजारमा बिक्रीवितरण गर्दै आइरहेको छ । त्यस्तै २१ वटा अन्य आहारपूरक सप्लिमेन्ट्सहरूको समेत उत्पादन तथा बिव्रmीवितरण गर्दै आइरहेको पनि कम्पनीले जनाएको छ । भेटेरिनरी औषधी उद्योग अन्तर्गत सर्वसाधारणमा सेयर निष्कासन गर्ने तयारी गरेको यो पहिलो औषधी उद्योग हो ।

सेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा कान्तिपुर फर्मास्युटिकल्स ल्याबका तर्फबाट सञ्चालक नवराज पौड्याल र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गर्नुभएको छ ।