• २७ पुस २०८१, शनिबार

एमाले पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीद्वारा कांग्रेस–एमाले सहकार्यबारे ब्रिफिङ

blog

एमालेको पोलिटब्युरो बैठकमा सहभागी प्रधानमन्त्री तथा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत नेता । तस्बिर : सागर बस्नेत

काठमाडौँ, भदौ १८ गते। नेकपा (एमाले) को मंगलबार दिउँसो बसेको पोलिटब्युरो बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको सहकार्यबारे ब्रिफिङ गर्नुभएको छ। 

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले आजको बैठकमा प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले देशको समसामयिक विषयमा विश्लेषण गर्नुहुँदै सो बिफ्रिङ गर्नुभएको जानकारी दिनुभयो।

गौतमले भन्नुभयो, “आजको बैठकमा मूलतः दुई वटा कुरा भए। एउटा, पार्टीको पोलिटब्युरोको तेस्रो बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रारम्भ भयो। उहाँले पहिले सम्बोधन गर्दै देशको समसामयिक विषय, हाम्रो राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक तथा राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै कांग्रेस-एमाले सहकार्यको बारेमा उहाँले कुरा राख्नुभयो।”


उहाँले अध्यक्ष ओलीले वर्तमान सरकार निकै प्रभावकारी रूपमा अगाडि बढेको विषय उल्लेख गर्नुभएको बताउनुभयो। उहाँले भन्नुभयो, “सरकार निकै प्रभावकारीरुपमा अगाडि बढेको कुरा राख्नुभयो।”

उहाँका अनुसार बैठकमा महासचिव शङ्कर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणका निम्ति वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको छ।

उहाँले सो वार्षिक कार्ययोजनामाथि छलफल गर्न पार्टी केन्द्रीय कार्यालयमा भोलि बिहान ११ बजे पुनः बैठक बस्ने जानकारी दिनुभयो।