• २८ पुस २०८१, आइतबार

संसदीय निर्वाचनको तयारीमा जुट्यो जोर्डन

blog

जोर्डन, भदौ १७ गते । जोर्डनले सेप्टेम्बर १० मा हुने संसदीय चुनावको तयारी गरिरहेको छ । प्रतिनिधित्व सुधार गर्न २०२२ मा नयाँ निर्वाचन कानुन लागू गरेपछि संसदीय निर्वाचन हुन लागेको हो ।

कानुनले १३० बाट एक सय ३८ सांसदको सङ्ख्या बढाउँछ, महिला र युवा उम्मेदवारहरूको समावेशीकरणलाई बढावा दिने प्रावधान समावेश गर्दछ । नयाँ कानुनअनुसार प्रत्येक राजनीतिक दलको उम्मेदवार सूचीमा प्रत्येक तीन उम्मेदवारका लागि कम्तीमा एक महिला र शीर्ष पाँच पदमा ३५ वर्षमुनिका एक व्यक्ति समावेश गर्नुपर्नेछ ।

यसका साथै सुशासनमा युवा सहभागिता बढाउने उद्देश्यले संसदीय उम्मेदवारको न्यूनतम उमेर ३० बाट २५ वर्षमा झारिएको छ । आगामी चुनावलाई जोर्डनको राजनीतिक सङ्क्रमणमा महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ । नागरिकहरूले अर्थपूर्ण सुधारको आशा व्यक्त गरेका छन् ।

जोर्डनको संसदको निर्वाचित तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले सिनेटको साथमा काम गर्नेछ । जसमा राजाले शाही डिक्रीमार्फत नियुक्त गरेका ६५ जना सदस्य हुन्छन् ।

अप्रिलमा, राजा अब्दुल्ला द्वितीयले यस चुनावी प्रक्रियाको महत्त्वलाई जोड दिनुभयो । उहाँले निर्वाचनको अखण्डता र उल्लङ्घन रोक्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

स्वतन्त्र निर्वाचन आयोगका अनुसार निर्वाचनमा ३८ लाइसेन्स प्राप्त राजनीतिक दलमध्ये ३६ वटा सहभागी हुनेछन् । दर्ता मतदाताको सङ्ख्या ५१ लाख नाघेको छ, जसमा करिब २७ लाख महिला र २४ लाख पुरुष छन् ।

अम्मानमा आधारित अनुसन्धान फर्मद्वारा हालैको सर्वेक्षणले नोभेम्बर २०२० मा गत संसदीय चुनावको २९.९ प्रतिशतको तुलनामा करिब ३५.० प्रतिशत मतदान हुने अनुमान गरेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल