• १६ भदौ २०८१, आइतबार

झरना सुनारलाई तीज आइडल २०८१ को उपाधि

blog

ऋद्धिसिद्धि खजुरा तीज आइडलको उपाधि विजेता झरना सुनार । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, भदौ १६ गते । बाँकेमा सम्पन्न भएको ऋद्धिसिद्धि खजुरा तीज आइडलको उपाधि झरना सुनारले हात पार्नुभएको छ । बाँकेको खजुरा गाउँपालिका १ मा रहेको राधापुर सामुदायिक सिकाइ केन्द्रको आयोजनामा सम्पन्न भएको तीज आइडलको ग्रेण्ड फिनालेका प्रतिस्पर्धी ११ जनालाई पछि पार्दै झरनाले तीज आइडलको उपाधि हात पार्नु भएको हो । 

सो आइडलको ग्राण्ड फिनालेमा दुर्गा राना फस्ट रनरअप, सुमिना थापा सेकेण्ड रनरअप, दमयन्ती जैसी थर्ड रनरअप बन्नु भएको छ । त्यसैगरी दीक्षा थापाले बेष्ट पर्फमर, अन्जली आले दी मोष्ट ट्यालेण्टेड, आकृति राना मोष्ट ईनर्जेटिभ, प्रेमिका पुन मोष्ट कन्फिडेन्ट, कुसुम पुन मोष्ट स्टालिस्ट, मनीषा खनाल बेष्ट क्याटवाक, अयुसा राना बेष्ट फिजिक र सुमित्रा राना बेष्ट स्माइलिस्ट घोषित हुनुभएको थियो । 

फिनालेबाट दमयन्ती जैसीले मोष्ट पपुलरको उपाधि पाउनुभएको थियो । आइडलमा प्रथम हुनेले ५ आनाको सुनको गहना, दोस्रो हुनेले ३ आनाको सुनको गहना, तेस्रो हुनेले २ आना र चौथो हुनेले १ आनाको सुनको गहना प्राप्त गर्नुभएको थियो ।

नेपालगन्ज, खजुरा र बिभिन्न बिद्यालयहरुमा भएका अडिसनहरुबाट छनाेट गर्दै २५ जना प्रतिस्पर्धी मध्यबाट गत भदौ २ गते मेघा अडिसन मार्फत १२ जना किशोरीहरु फिनालेका लागि छानिएका थिए । विजयीहरुलाई प्रतिनिधिसभा सदस्य आशा बिक, खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल र राधापुर सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष सुन्दर गुरुङ लगायतले उपाधी, पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।