• १६ भदौ २०८१, आइतबार

युक्रेनको खार्किभमा रुसी आक्रमण : ६ जनाको मृत्यु

blog

काठमाडौँ, भदौ १५ गते । युक्रेनको पूर्वी शहर खार्किभमा रुसी आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ । उक्त आक्रमणमा अन्य ५९ जना घाइते भएको खार्किभका क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले जानकारी दिनुभएको छ। 

रुसले बेल्गोरोड क्षेत्रबाट निर्देशित बमसहितको आक्रमण सुरु गरेको थियो । १२ तले अपार्टमेण्ट भवनसहित पाँच स्थानमा आक्रमण गरेको थियो । पीडितमध्ये एक १४ वर्षीया बालिका पनि रहेको उहाँले बताउनुभयो । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर छ । 

सिन्ह्वा/न्युज एजेन्सी नेपाल