• १६ भदौ २०८१, आइतबार

गुगलद्वारा ‘एआई इमेज जेनेरेसन मोडल’ अपडेट गरेको घोषणा

blog

वासिङ्टन, भदौ १५ गते । गुगलले एक महिना लामो अन्तरालपछि आफ्नो ‘जेमिनी एप’ मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) इमेज जेनेरेसन मोडल अपडेट भएको घोषणा गरेको छ । गुगल जेमिनी एप एआई सहायक प्रविधि हो ।

यसले रचनात्मकता र उत्पादकतालाई सुपरचार्ज गर्न मद्दत गर्ने सक्नेछ । यो आधिकारिक अनुप्रयोग निःशुल्क छ । गुगलले यस वर्षको सुरुमा उक्त सुविधा रोकेको थियो ।

यो एआई ‘टेक्स्ट–टु–इमेज जेनेरेटर इमेजेन–३’ उन्नत मोडेलमा सर्ने गुगलले पुष्टि गरेको छ । यो गत मेमा विकासकर्ता सम्मेलनमा पहिलो पटक घोषणा गरिएको थियो । 

अपडेट गरिएको उक्त संस्करणमा ‘फोटोरियलिस्टिक ल्यान्डस्केप’ र टेक्स्ट कमान्डहरू मार्फत चित्रहरू सिर्जना गर्ने क्षमता पनि समावेश छ ।

फोटोरियलिस्टिक ल्यान्डस्केप एक प्रक्रिया हो, जसमा–३ डी मोडेलहरूबाट छविहरू विकास गर्न सकिन्छ । रासस/क्यूएनए