• २८ पुस २०८१, आइतबार

प्रेमशान्तिलाई वैकुण्ठ लाकौल पुरस्कार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १५ गते । साहित्यकार प्रा. प्रेमशान्ति तुलाधरलाई यस वर्षको वैकुण्ठ लाकौल पुरस्कार प्रदान गरिएको छ । नेपालभाषा केन्द्रीय विभागद्वारा शुव्रmबार आयोजित कार्यव्रmममा सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ । नेपालभाषा केन्द्रीय विभागको ४४ औँ वार्षिकोत्सवका अवसरमा नेपालभाषा, साहित्य र समालोचना विधाको उत्थानमा चार दशकदेखि योगदान दिएबापत सो सम्मान प्रदान गरिएको हो । बागमती प्रदेशकी सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी श्रेष्ठले सो पुरस्कार प्रदान गर्नुभएको हो ।

नेपालभाषा साहित्यशिरोमणि वैकुण्ठप्रसाद लाकौलले नेपालभाषा, साहित्य, संस्कृतिको उत्थान गर्ने उद्देश्यसहित ३९ वर्षअघि वैकुण्ठ लाकौल पुरस्कार स्थापना गर्नुभएको थियो । 

सोही अवसरमा नेपालभाषातर्फ स्नातकोत्तरमा सर्वाधिक अङ्क ल्याउने विद्यार्थी कृष्णप्यारी श्रेष्ठ, पद्मा खयरगोली र रजनी श्रेष्ठलाई चैन लाकौल पुरस्कार प्रदान गरिएको थियो । सो पुरस्कारको राशि जनही १० हजार रुपियाँ रहेको छ ।