• १६ भदौ २०८१, आइतबार

थारू लोककला कार्यशाला सम्पन्न

blog

काठमाडौँ, भदौ १३ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र जानकी गाउँपालिका कैलालीद्वारा दुर्गौलीमा आयोजित तीनदिने ‘थारू लोकचित्रकला तथा मूर्तिकला प्रवर्धन कार्यक्रम’ मङ्गलबार सम्पन्न भएको छ । 

कार्यशालामा २२ जना स्थानीयको सहभागिता रहेको थियो । कार्यशालामा तयार पारिएका थारू लोकचित्रकलामध्ये जुना चौधरीको चित्रकला प्रथम भएको थियो । त्यस्तै सङ्गीता चौधरी र विनिता चौधरी द्वितीय र सम्झना चौधरी तृतीय हुनुभएको थियो । त्यस्तै चन्द्रलाल चौधरीको चित्रकलाले सान्त्वना पुरस्कार प्राप्त गरेको थियो । कार्यशालामा विष्णुप्रसाद चौधरीले थारू लोककलाका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

जानकी गाउँपालिका प्रमुख गणेश चौधरीले थारू लोककलालाई राष्ट्रिय गतिविधिसँग जोड्दै आम्दानीको स्रोतका रूपमा विकसित गर्नुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानका लोककला विभाग प्रमुख प्रदीप अधिकारीले संस्कृतिको संरक्षणका सन्दर्भमा यो जीवन्त कार्यक्रम भएको चर्चा गर्नुभयो ।

संस्कृतिविद् तथा साहित्यकार डा. कृष्णराज सर्वहारीले अस्टिम्की कला र पर्वमा बनाइने कलाका बारेमा चर्चा गर्नुभएको थियो ।