• १६ भदौ २०८१, आइतबार

थाहामा फोटो प्रदर्शनी

blog

हेटौँडा, भदौ १२ गते । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा दुईदिने फोटो प्रदर्शनी गरिएको छ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा थाहाको शिखरकोटमा फोटो प्रदर्शनी गरिएको हो । 

प्रदर्शनीमा थाहा क्षेत्रको प्राकृतिक सुन्दरता, हिमशृङ्खलाको दृश्यावलोकन, ऐतिहासिक मठमन्दिर, पाटी पौवा, सभ्यता, संस्कृति, धार्मिक क्षेत्र, मेला जात्रा, ग्रामीण जीवनशैली, प्राकृतिक सौन्दर्य झल्काउने फोटो  प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनीमा करिब ६० वटा तस्बिर रहेका थिए । प्रदर्शनीमा राखिएका अधिकांश तस्बिर गणेश विष्टले खिच्नुभएको हो ।