• १६ भदौ २०८१, आइतबार

कास्कीकोटमा खेलियो दहीको होली

blog

क्याप्सनः मङ्गलबार पोखरा–२४, कास्कीकोटमा दहीजात्रा मनाइँदै।

फडिन्द्र अधिकारी 

लेखनाथ, भदौ ११  गते। कृष्ण जन्माअष्टमीको अवसरमा पोखरा महानगरपालिका वडा नम्बर २४ कास्कीकोटमा मङ्गलबार दहीको होली खेलिएको छ। भगवान कृष्णको जन्म भएको भोलिपल्ट कास्कीकोट दही जात्रा हुँदै आएको छ। 

गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिको आयोजनामा भएको दहीको होलीमा स्थानीयको भीड लागेको थियो। दहीको होली खेल्ने परम्परा अन्यत्र नरहेको जनाउँदै समितिका सचिव ठाकुरप्रसाद त्रिपाठीले यसको प्रचारप्रचार र प्रवद्र्धनमा जोड दिनुभयो। 

विभिन्न सांस्कृतिक झाँकी, बाजागाजासहित जात्रा निकालिएको थियो। मन्दिरका व्यवस्थापक खिमबहादुर कार्कीले दहीजात्रा सम्पदा संरक्षण मञ्च कास्कीकोट, नेपाल वृन्दावन धाम र स्थानीयले मिलेर चलाउँदै आएको बताउनुभयो।