• १६ भदौ २०८१, आइतबार

ऊर्जामन्त्रीले पूर्वऊर्जामन्त्रीसँग छलफल गर्नुहुँदै

blog

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का

काठमाडौँ, भदौ ११ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई नेपालको अधिकतम हितमा हुने गरी कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा पूर्व ऊर्जामन्त्रीहरुसँग छलफल गर्दै हुनुहुन्छ ।

ऊर्जामन्त्री खड्काले बुढीगण्डकी, दुधकोशी, नलगाड जस्ता जलाशययुक्त जलविद्युत आयोजना कसरी अगाडि बढाउन सकिन्छ, लगानी कसरी जुटाउन सकिन्छ भन्ने विषयमा पनि पूर्वमन्त्रीहरुसँग मङ्गलबार छलफल गर्नुहुने मन्त्री खड्काको सचिवालयले जनाएको छ ।

यसैगरी, वैदेशिक सहायतामा अध्ययन कार्य पुरा भएको माथिल्लो अरुण जलविद्युत आयोजनालाई कसरी अगाडि बढाउन सकिन्छ, उच्च क्षमताको विद्युत प्रसारण लाइनको निर्माण र विस्तारमा निजी क्षेत्रलाई कसरी आकर्षण गर्न सकिन्छ, छिमेकी राष्ट्र भारत र चीनसँग विद्युत व्यापारमा सन्तुलन कायम गर्ने र अधिकतम लाभ लिने, विद्युत निर्यातमा भारत, चीनबाहेक अन्य मित्र राष्ट्रसँगको सम्भावना र संसदमा दर्ता भएको विद्युत विधेयकसम्बन्धी विषय छलफल हुँदै छ ।