• १६ भदौ २०८१, आइतबार

दाङमा करेन्ट लागेर एकको मृत्यु

blog

लीलाधर वली

घोराही, भदौ ११ गते । दाङमा करेन्ट लागेर एक जनाको मृत्युको भएको छ । गोठको छानामा फलेको तरकारी लौका टिप्ने क्रममा विद्युतको तार छुँदा मङ्गलवार बिहान घोराही उपमहानगरपालिका–१२ डाँडागाउँ निवासी ६८ वर्षीय बुद्धिराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारीले दिनुभएको हो । 

प्रहरी नायब उपरीक्षक तिमल्सिनाका अनुसार करेन्ट लागेर चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । गोठको छानामा फलेको लौका टिप्ने क्रममा करेन्ट लागेको थियो । चौधरीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।