• १६ भदौ २०८१, आइतबार

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

blog

अनिल पराजुली

हेटौँडा, भदौ ११ गते । पश्चिम मकवानपुरको मनहरीमा सोमबार भएको फरकफरक घटनामा दुई जना पुरुष घाइते भएका छन् । मनहरीमा चट्याङ लागेर र घरको छतबाट लडेर एक–एकजना घाइते हुनुभएको हो ।   

आफ्नै बारीमा घाँस काटिरहेको अवस्थामा मनहरी–६ प्रतापपुरमा सोमबार दिउँसो चट्याङ लागेर ६० वर्षीया पदमाश्री लामा घाइते हुनुभएको छ । एक्कासि चट्याङ लागेर घाइते हुनुभएका लामाको मनहरी अस्पतालमा उपचारपश्चात् राती नै डिस्चार्ज भई घर जानुभएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । 

त्यस्तै, मनहरी गाउँपालिका ८ सिमपानीमा सोमबार दिउँसो घरको छतबाट लडेर एकजना घाइते हुनुभएको छ । स्थानीय ५२ वर्षीय हिमलाल स्याङ्तान आफ्नै घरको तीन तलामाथि छत सफा गर्ने क्रममा चिप्लिएर भुइँमा लडेर घाइते हुनुभएको हो । प्रहरीका अनुसार घाइतेको शरीरको विभिन्न भागमा भित्री चोट लागेको छ । 

घाइतेको उपचारको लागि मनहरी अस्पतालमा ल्याइएकोमा थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन रिफर गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।