• १६ भदौ २०८१, आइतबार

रेसुङ्गामा आज सार्वजनिक बिदा

blog

रमेश विश्वकर्मा

गुल्मी, भदौ ११ गते । रोपाइँ जात्राको अवसरमा रेसुङ्गा नगरपालिकाले आज मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार नगरपालिकाले मातहतका सम्पूर्ण कार्यालयमा सार्वजनिक बिदा गरेको सूचना अधिकारी पीताम्बर पन्थीले जानकारी दिनुभयो ।

तम्घासमा परम्परादेखि नै प्रत्येक वर्ष कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट सांस्कृतिक रोपाइँ जात्रा हुँदै आएको सन्दर्भमा यस वर्ष रोपाइँ जात्रामा आम नगरवासीको सहभागितालाई सहज बनाउन र कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन नगरपालिकामा सार्वजनिक बिदा गरिएको हो ।

रेसुङ्गा नगरपालिकाको गत साउन १४ गते बसेको निर्णय अनुसार आज मङ्गलबार नगरपालिका कार्यालय, मातहतका वडा कार्यालयहरू, विद्यालयहरू, स्वास्थ्य संस्थाहरू लगायत यस नगरपालिका मातहतका सम्पूर्ण निकायमा सार्वजनिक बिदा गरिएको सूचना अधिकारी पन्थीले बताउनुभयो ।