• १६ भदौ २०८१, आइतबार

लालबन्दी वाङ्मय पुरस्कारमा ‘बोरा’ छनोट

blog

लालबन्दी (सर्लाही) , भदौ ११ गते । लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८१ का लागि पत्रकार अखण्ड भण्डारीको आख्यान कृति ‘बोरा’ छनोट भएको छ । लालबन्दी नगर वाङ्‌मय परिषद् लालबन्दी, सर्लाहीले सो पुरस्कार स्थापना गरेको हो । सो पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ ।

परिषद्द्वारा जारी विज्ञप्ति अनुसार लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८१ का लागि छनोट भएको उत्कृष्ट १० कृतिमध्ये भण्डारीको ‘बोरा’ सर्वोकृष्ट छनोट भएको हो । 

परिषद्का अध्यक्ष अच्युत अधिकारीका अनुसार लालबन्दी नगर वाङ्‌मय परिषद् स्थानीय प्रतिभा पुरस्कार–२०८१ शङ्कर श्रेष्ठलाई प्रदान गरिने भएको छ । सो पुरस्कारको राशि २५ हजार रुपियाँ रहेको छ । साहित्यिक सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कार–२०८१ साहित्यिक पत्रकार रोचक घिमिरेलाई प्रदान गरिने भएको छ । सो पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ । सो पुरस्कार मङ्सिर १५ गते लालबन्दीमा प्रदान गरिने जनाइएको छ ।